चीनतर्फको ताल फुटेको सूचना आएपछि नुवाकोटमा प्रहरीले माइकिङ गर्दै भन्यो- ‘नदी किनार नजानुहोस्’

लोकपथ
189
Shares

काठमाडौं । नुवाकोटमा प्रहरीले नदी किनारमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

रसुवातर्फबाट फेरि बाढी आउन सक्ने सूचना प्राप्त भएपछि प्रहरीले विदुर क्षेत्रमा माइकिङ गर्दै नदी नजिक नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरेको हो ।

प्रहरीले ‘फेरि बाढी आएको सूचना आएको छ । नदी नजिक नजानुहोस्, अग्लो र सुरक्षित स्थानमा बस्नुहोस्’ भन्दै सर्वसाधारणलाई सचेत गराएको छ ।

यसअघि भदौ १० गते भोटेकोसी नदीमा अचानक आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?