काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, खोजी र पुनर्स्थापनाका लागि विभिन्न संस्था तथा कम्पनीले २७ करोड ३३ लाख रुपैयाँ सहयोग गरेका छन् ।
‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी पछिल्लो ६ घण्टामा १० वटा संस्था तथा कम्पनीले उक्त रकम सहयोग गरेका हुन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमार्फत एकद्वार प्रणालीबाट सहयोग रकम बुझिरहेका छन् ।
सहयोग गर्नेमा सबैभन्दा धेरै गोरखा ब्रुअरीले १० करोड रुपैयाँ दिएको छ ।
यस्तै, नेपाल बैंकले ३ करोड १ लाख, कुमारी बैंकले ३ करोड र राष्ट्रिय वाणिज्य बैंकले ३ करोड रुपैयाँ सहयोग गरेका छन् ।
त्यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले २ करोड ५० लाख, एनआईसी एसिया बैंकले २ करोड २१ लाख, रेडबुलले २ करोड र एनसेलले १ करोड रुपैयाँ सहयोग गरेका छन् ।
शिव शक्ति ग्रुपले ५१ लाख र रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।
बाढीबाट प्रभावित नागरिकलाई राहत र पुनर्स्थापनामा सहयोग पुर्याउन निजी तथा सरकारी क्षेत्रका संस्था र कम्पनीले कोषमा रकम जम्मा गर्ने क्रम जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया