काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी–बैरेनी सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ ।
सडक विभागका अनुसार जरिखेत क्षेत्रमा पुल बगाएर सडकमा माटो तथा गेग्य्रान थुप्रिएको थियो । उक्त गेग्य्रान हटाएपछि बिहीबार बेलुकादेखि सो क्षेत्रमा एकतर्फी यातायात सञ्चालन गरिएको हो ।
जरिखेतमा यातायात सञ्चालनमा आएपछि मलेखुतर्फका पोखरी, बाँगे र गलौदी क्षेत्रमा थुप्रिएको लेदो हटाउने काम सुरु गरिएको छ। ती क्षेत्रमा करिब ७०० मिटर लेदो हटाउनुपर्ने विभागले जनाएको छ ।
लेदो हटाउने काम शुक्रबार बेलुकासम्म सकिने अनुमान गरिएको छ। काम पूरा भएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने विभागले जनाएको छ ।
भदौ १० गते आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको उक्त खण्ड अवरुद्ध भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया