काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज सूचना प्रविधि (आईटी) क्षेत्रका दुई दर्जनभन्दा बढी स्टार्टअपका प्रतिनिधिसँग छलफल गर्दैछन् ।
अर्थ मन्त्रालयको आयोजनामा बजेट कार्यान्वयन संवाद शृङ्खलाअन्तर्गत हुने छलफल बिहान ११ बजेदेखि मन्त्रालयको सभाहलमा सुरु हुने जनाइएको छ ।
छलफलमा सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले बजेटमार्फत लिएका नीति, त्यसको प्रभावकारी कार्यान्वयन र युवा उद्यमीका प्रयासबारे छलफल हुनेछ । साथै, आईटी क्षेत्रको विकासका लागि सरकारले गर्नुपर्ने नीतिगत तथा व्यावहारिक सहजीकरणबारे पनि छलफल हुनेछ ।
कार्यक्रममा युवा उद्यमीहरूले आफ्ना समस्या, योजना र अपेक्षाबारे मौखिक तथा लिखित धारणा राख्नेछन् । सरकारले आईटी क्षेत्रको विकासका लागि चाल्नुपर्ने कदमबारे उनीहरूको सुझाव पनि लिइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया