साउनमा १ खर्ब ८७ अर्बको वस्तु आयात, निर्यात कति भयो ?

लोकपथ
0
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा वस्तु तथा सामानको आयात ३१ प्रतिशतभन्दा बढीले बढेको छ ।

भन्सार विभागका अनुसार साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार मूल्य बराबरको वस्तु तथा सामान आयात भएको हो ।

गत आर्थिक वर्षको साउनमा रु एक खर्ब ४३ अर्ब चार करोड ६ लाख ६९ हजारको वस्तु आयात भएको थियो । यस वर्षको साउनमा गत वर्षको तुलनामा आयात ३१.४ प्रतिशतले बढेको विभागले जनाएको छ ।

यस्तै, साउनमा नेपालबाट रु ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार मूल्य बराबरको वस्तु तथा सामान निर्यात भएको छ । गत वर्षको साउनमा रु २३ अर्ब ९३ करोड २४ लाख ४१ हजारको वस्तु निर्यात भएको थियो ।

यस आधारमा चालु आर्थिक वर्षको साउनमा निर्यात ६१.७२ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?