वाणिज्य बैंकका सीईओ पनि गभर्नर हुन सक्ने, ‘कुलिङ पिरियड’ २ वर्ष तोकियो

लोकपथ
0
Shares

काठमाडौं । वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद छाडेको दुई वर्षपछि नेपाल राष्ट्र बैंकको गभर्नर बन्न सक्ने भएका छन् ।

प्रतिनिधि सभाको अर्थ समितिले शुक्रबार राष्ट्र बैंकको गभर्नरको योग्यतासम्बन्धी प्रावधानमा यस्तो व्यवस्था थप गर्ने निर्णय गरेको हो ।

समितिको निर्णयअनुसार वाणिज्य बैंकको सीईओले पद छाडेको दुई वर्षपछि गभर्नर पदका लागि योग्य हुन सक्नेछन् । सीईओ र गभर्नरबीच प्रत्यक्ष स्वार्थको सम्बन्ध नहोस् भनेर दुई वर्षको ‘कुलिङ पिरियड’ राखिएको हो ।

हालको नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा पनि वाणिज्य बैंकको सीईओ भइसकेका व्यक्तिलाई गभर्नर बन्न रोक लगाइएको छैन ।

यस्तै, समितिले अन्तर्राष्ट्रिय वित्तीय संस्थामा कार्यकारी तहमा काम गरेका व्यक्तिलाई पनि राष्ट्र बैंकको गभर्नर बन्न योग्य हुने व्यवस्था थप गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?