काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रोटोन ई.मास ५ को नयाँ टिभिसी फिल्म ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक गरेको छ ।
कम्पनीले यो अभियानमार्फत प्रोटोन ई.मास ५ लाई केवल विद्युतीय गाडीका रूपमा नभई दैनिक जीवनलाई सहज बनाउने एसयूभीका रूपमा प्रस्तुत गरेको जनाएको छ ।
टिभिसीमा काम, परिवार, सिर्जनशीलता र यात्रासँग सम्बन्धित चार फरक कथा समेटिएका छन्। यसमा करियरको नयाँ चरणमा रहेका युवा उद्यमीदेखि कलाकार, साथीहरूसँग अचानक यात्रामा निस्किएका युवादेखि परिवारसँग समय बिताइरहेका पात्रसम्मका कथा देखाइएको छ।
कम्पनीका अनुसार ई.मास ५ मा प्रशस्त स्पेस, आरामदायी इन्टेरियर र विभिन्न प्रयोजनमा प्रयोग गर्न सकिने सुविधा छन् ।
गाडीमा रियर–ह्विल ड्राइभ, जी–ट्र्याक्सन कन्ट्रोल, ३२ वटा स्मार्ट स्टोरेज कम्पार्टमेन्ट, ७० लिटरको फ्रन्ट ट्रंक, १४.६ इन्चको फुल एचडी टचस्क्रिन र भेहिकल–टु–लोड (भी–टु–एल) सुविधा रहेका छन् ।
प्रोटोन ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ई.मास ५ प्रति ग्राहकको चासो बढेको र राम्रो बुकिङ प्राप्त भएको कम्पनीको दाबी छ ।
अब टिभिसीमा समेटिएका चारवटै कथामा आधारित छोटा फिल्म पनि आगामी हप्तामा प्रोटोन नेपालको डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया