नाइमा एक्सपोमा ४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, अफर भदौ १५ सम्म

लोकपथ
7
Shares

काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटरोक्स प्रालिले म्याक्सस ई-टेरेन पिकअपका ४४ वटा बुकिङ भएको छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का क्रममा कम्पनीले ४४ वटा पिकअपको बुकिङ पाएको हो । बुकिङ भएकामध्ये ३६ वटा कम्फर्ट र ८ वटा प्रिमियम भर्सनका छन् ।

कम्पनीले करिब तीन साताअघि ई–टेरेनको कम्फर्ट भर्सन सार्वजनिक गरेको थियो । यसको मूल्य ८८ लाख रुपैयाँ तोकिएको थियो । एक्स्पोको अवसरमा कम्पनीले कम्फर्ट भर्सनमा २ लाख रुपैयाँ र १ करोड २८ लाख रुपैयाँ पर्ने प्रिमियम भर्सनमा ५ लाख रुपैयाँ छुट दिएको थियो ।

सुरुमा एक्स्पो अवधिसम्मका लागि मात्र राखिएको छुट योजना ग्राहकको आग्रहपछि भदौ १५ गतेसम्म बढाइएको कम्पनीले जनाएको छ । छुटमा ई-टेरेन खरिद गर्न चाहने ग्राहकले हात्तीसारस्थित म्याक्ससको सोरुममा पुगेर बुकिङ गर्न सक्नेछन् ।

‘परिवार र व्यवसायका लागि एउटै सवारी’ नारासहित बिक्री सुरु गरिएको म्याक्सस ई–टेरेन नेपाली बजारमा लोकप्रिय हुँदै गएको कम्पनीको दाबी छ । युवा पुस्ता, कच्ची सडकमा यात्रा गर्ने र क्याम्पिङमा रुचि राख्ने ग्राहक यसप्रति आकर्षित भएको कम्पनीले जनाएको छ ।

आक्रामक डिजाइन, सुविधायुक्त क्याबिन र उच्च ग्राउन्ड क्लियरेन्सका कारण यो पिकअप निजी तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपयोगी रहेको कम्पनीको भनाइ छ । निर्माण तथा हाइड्रोपावर क्षेत्रमा काम गर्ने व्यवसायीका लागि पनि यो विद्युतीय पिकअप उपयोगी हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार म्याक्सस चीनको प्रतिष्ठित कम्पनीअन्तर्गत उत्पादन हुने भएकाले नेपाली बजारमा ग्राहकको विश्वास बढ्दै गएको छ । बिक्रीपछिको सेवाका लागि स्पेयर पार्ट्स र सर्भिस सुविधा सहज रूपमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?