एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक, १५ दिनभित्र सुझाव दिन आग्रह

लोकपथ
7
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ । प्राधिकरणले मस्यौदामाथि सरोकारवालाबाट राय, सुझाव र प्रतिक्रिया मागेको छ ।

प्राधिकरणका अनुसार दूरसञ्चार सेवालाई गुणस्तरीय, सुरक्षित, भरपर्दो र सबैको पहुँचमा पुर्‍याउने उद्देश्यले नीति तयार गरिएको हो । सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग गर्दै डिजिटल रूपान्तरणलाई प्रभावकारी बनाउने लक्ष्य पनि नीतिले राखेको छ ।

प्राधिकरणले नीति तयार गर्दा सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालाको सुझाव समेट्न मस्यौदा सार्वजनिक गरेको जनाएको छ ।

मस्यौदामाथि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र राय, सुझाव तथा प्रतिक्रिया दिन सकिनेछ । मस्यौदा प्राधिकरणको आधिकारिक वेबसाइटमा राखिएको छ ।

प्राधिकरणले सबै सम्बन्धित पक्षलाई मस्यौदा अध्ययन गरी आवश्यक सुझाव दिन आग्रह गरेको छ । प्रस्तावित नीतिले दूरसञ्चार क्षेत्रलाई व्यवस्थित, प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने तथा डिजिटल प्रविधिको विकाससँगै क्षेत्रलाई समयअनुकूल अघि बढाउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?