अब संघीय कर्मचारीले हरेक १५ दिनमा तलब पाउने

लोकपथ
154
Shares

काठमाडौं । संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलब तथा भत्ता पाउने भएका छन् ।

महालेखा नियन्त्रक कार्यालयले परिपत्र जारी गर्दै मातहतका सबै कार्यालयलाई अर्धमासिक रूपमा तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यमा गरिएको व्यवस्थाअनुसार यो प्रणाली लागू गर्न लागिएको हो ।

नयाँ व्यवस्थाअनुसार कर्मचारीले प्रत्येक १५ दिन पूरा भएपछि सो अवधिको तलब तथा भत्ता पाउनेछन् । बजेट वक्तव्यमा उल्लेख गरिएको कर्मचारी प्रोत्साहन भत्ता पनि यही प्रक्रियाबाट भुक्तानी गरिनेछ ।

महालेखा नियन्त्रक कार्यालयले अर्धमासिक तलब भुक्तानीका लागि आवश्यक व्यवस्था आफ्नो प्रणालीमा मिलाइसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?