काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट लगायतका क्षेत्रका विभिन्न संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।बैंकका अनुसार मनकामना हिलक्रेटष्ट होटल, एलोफ्ट काठमाडौं, एल्लो हात्ति, अल्फा केयर डाईगोनोस्टिक सेन्टर, दृष्टी आई केयर, ओरियन्ट क्याफे र होटल स्मारकमा छुट दिइनेछ ।
कहाँ के सुविधा ?
बैंकका ग्राहकहरुलाई चितवनको कुरिनटारमा रहेको मनकामना हिलक्रेष्ट होटलमा आवास तथा रेष्टुरेन्टमा १२ दशमलव ५ प्रतिशतसम्म छुट, ठमेलमा रहेको एलोफ्ट काठमाडौंमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिइनेछ ।
यसैगरी काठमाडौंको लाजिम्पाटमा रहेको एल्लो हात्तिमा उपहार सामग्री बिक्रीमा १० प्रतिशतसम्म छुट, काठमाडौंको बुद्धनगरमा रहेको अल्फा केयर डाईगोनोस्टिक सेन्टरमा स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुट दिइनेछ ।
यसैगरी कलंकीमा रहेको दृष्ट्री आई केयरमा नाक, कान, घाँटी, आँखा उपचार तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुट, दरबारमार्गमा रहेको ओरियन्ट क्याफेमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट र हेटौँडामा रहेको होटल स्मारकमा आवास र खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिइने बैंकले जनाएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया