काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गको धादिङस्थित गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
सोमबार बिहान करिब पौने ६ बजे खसेको सुक्खा पहिरोका कारण राजमार्गको दुवैतर्फको यातायात अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ ।
पहिरो खसेपछि सडक आयोजनाको निर्माणमा प्रयोग भइरहेको डोजरमार्फत पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।
पहिरोका कारण राजमार्गमा सवारीसाधन रोकिएका छन् भने सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्ने प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया