काठमाडौं । नेपालमा तीव्र रूपमा बढिरहेको अवैध टाटा गाडीका नक्कली पार्टपुर्जा तथा नक्कली लुब्रिकेन्टस् आयात गरी बिक्री तथा वितरण भइरहेको पाइएको छ ।
सर्वसाधारण र सवारी धनीलाई गुमराहमा राखी कमजोर तथा नक्कली पार्टस् बेचबिखन गरिरहेको फेला परेपछि सवारी साधनको सुरक्षालाई लिएर गम्भीर चिन्ता बढेको छ ।
यस्ता अवैध र नक्कली पार्ट्स् तथा लुब्रिकेन्टसको प्रयोगले गाडीको इन्जिन, ब्रेक र क्लच प्रणालीलाई छोटो समयमै ध्वस्त बनाउने मात्र नभई मर्मत खर्च अत्यधिक बढाउँछ ।
अझ गम्भीर कुरा, गुणस्तरहीन पार्ट्स र नक्कली लुब्रिकेन्टका कारण गुड्दागुड्दै गाडी बीच बाटोमै बिग्रिने, इन्जिन सिज हुने र अचानक प्राविधिक खराबी आई भयानक सडक दुर्घटनाहरूसमेत निम्तने उच्च जोखिम रहन्छ ।
यसै गम्भीर समस्या र कालोबजारीलाई निरुत्साहित गर्दै टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रालिले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई सजग रहन र अनिवार्य रूपमा ‘टाटा जेन्युइन पार्ट्स’ तथा आधिकारिक लुब्रिकेन्टस् मात्र प्रयोग गर्न विशेष अपिल गरेको छ ।
उसो भए कसरी छुट्याउने त सक्कली र नक्कली पार्ट्स ?
– प्याकेटमा उल्लेख गरिएको Country Code: 2081290 वा 2081295 वा सुनिश्चित गरी
– नेपालमा आयात भएको बक्समा आधिकारिक बिक्रेता (सिप्रदी अटोपाट्र्स प्रालि) को विरण उल्लेख गरिएको हुन्छ ।
– 3D होलोग्राममा देखिने टाटाको लोगोबाट QR कोड स्क्यान गरेर सक्कलता पुष्टि गरेर
– सक्कली टाटा जेन्युइन पार्ट्समा टाटा मोटर्स कम्पनीको सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ ।
त्यस्तै सिप्रदी ट्रेडिङले आधिकारिक सञ्जालबाट मात्रै सक्कली पार्ट्स खरिद गर्न आग्रह गरेको छ ।
सिप्रदी अटो पार्ट्सले आफ्नो लगानी, सवारी साधनको आयु र यात्रुको सुरक्षाका लागि सामान खरिद गर्दा लेबलमा रहेको कन्ट्री कोड, क्युआर कोड र सिप्रदीको आधिकारिक विवरण अनिवार्य जाँच गरेर मात्र खरिद गर्न सम्पूर्ण सवारी धनी, यातायात व्यवसायी तथा चालकहरूमा आग्रह गरेको छ ।
गाडीमा सक्कली पार्ट्स र गुणस्तरीय लुब्रिकेन्टस् प्रयोग गर्दा त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव व्यवसायको नाफामा देखिन्छ । टाटा जेन्युइन पार्ट्सले गाडीको इन्जिन, ब्रेक, क्लच लगायतका मुख्य पार्टपुर्जामा दीर्घकालीन स्थायित्व प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यसले गाडीको समग्र कार्यक्षमता बढाउँने, पटक–पटक मर्मत गर्नुपर्ने झन्झट हटाउँने र सवारीको आयु लम्ब्याएर सुरक्षित यात्रा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया