बेनी-जोमसोम सडकमा राति सवारी सञ्चालन बन्द

लोकपथ
0
Shares
फाइल तस्बिर

गण्डकी । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने बेनी–जोमसोम सडकखण्डमा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार बिहान ५ बजेसम्म यो सडकमा सवारी आवागमन बन्द रहनेछ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार र बुधबार भारी वर्षा हुने पूर्वानुमान गरेपछि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो ।

बेनी-जोमसोम सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ । यही सडक भएर मुक्तिनाथ र कोरला नाकातर्फ जाने यात्रुहरू आवतजावत गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?