आज संसद्का चार समितिको बैठक बस्दै, विभिन्न विधेयक र साइबर सुरक्षाबारे छलफल हुने

लोकपथ
28
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गतका चारवटा विषयगत समितिको बैठक आज बस्दैछन् ।

संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिको बैठक तय गरिएको हो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षासम्बन्धी विषयमा छलफल हुने जनाइएको छ ।

त्यसैगरी, अर्थ समितिको बैठक अपराह्न १ बजे बस्नेछ। बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफललाई निरन्तरता दिइनेछ ।

यस्तै, सार्वजनिक लेखा समितिको बैठक अपराह्न २ बजे बस्नेछ। उक्त बैठकमा समितिमा दर्ता भएका उजुरीहरूमाथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?