काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा देशभर श्रद्धा र सम्मानका साथ मनाइँदै छ ।
यस दिन शिक्षा, दीक्षा र ज्ञान दिने गुरुजनप्रति सम्मान व्यक्त गर्ने परम्परा छ। वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा मनाइने व्यास जयन्तीलाई नै गुरुपूर्णिमाका रूपमा मनाउने चलन रहेको छ ।
गुरुपूर्णिमाका अवसरमा शिष्यहरूले आफ्ना गुरुलाई सम्मान गर्दै मिष्ठान्न खुवाउने, आशीर्वाद लिने र कृतज्ञता व्यक्त गर्ने गर्छन् । नेपाली समाजमा गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने परम्परा रहेको छ ।
यस अवसरमा विद्यालय, कलेज तथा विभिन्न संघ–संस्थाले विशेष कार्यक्रम आयोजना गरी शिक्षा दिने गुरुहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने गरेका छन् ।
संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो । त्यसैले अज्ञानको अन्धकार हटाई ज्ञानको प्रकाश दिने व्यक्तिलाई गुरु भनिने धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया