महाकाली नदीको टापुमा फसेका युवकको सकुशल उद्धार

लोकपथ
21
Shares

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीको बीच भागमा रहेको टापुमा फसेका एक युवकको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार बिहान सकुशल उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल नं.३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार दोधारा–चाँदनी झोलुङ्गे पुलबाट करिब दुई किलोमिटर दक्षिणतर्फ नदीको टापुमा फसेका काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–६ निवासी ५२ वर्षीय उमेश चौलागाईंको उद्धार गरिएको हो ।

उद्धार कार्यमा दोधारा–चाँदनीको देवीस्थानस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिमप्राप्त टोली तथा इलाका प्रहरी कार्यालयको टोली परिचालन गरिएको थियो । संयुक्त प्रयासबाट चौलागाईंलाई सुरक्षित रूपमा नदीबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले वर्षायाम सुरु भएसँगै महाकाली नदीमा पानीको बहाव तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै नदी तथा आसपासका क्षेत्रमा अनावश्यक जोखिमपूर्ण गतिविधि नगर्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?