सांसदहरुलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

लोकपथ
49
Shares

काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरुको सम्पत्ति विवरण माग गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै सचिवालयले आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण बुझाउन भनेको हो ।

सांसदहरुको आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरणलाई खामबन्दी गरी विवरण बुझाउन भनिएको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा १ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) प्रयोजनार्थ ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन भनिएको छ ।

सांसदहरुलाई साउन १ गतेदेखि आगामी भदौ २९ गतेसम्ममा विवरण बुझाउन निर्देशन दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?