देशभर ६१ प्रतिशत रोपाईँ, कुन प्रदेशमा कति ?

लोकपथ
7
Shares

काठमाडौं । असारको अन्तिम सातासम्म देशभर ६१ दशमलव ६२ प्रतिशत रोपाईँ सम्पन्न भएको छ ।

कृषि मन्त्रालयका अनुसार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रोपाईँ भएको छ । जहाँ कुल ८७.८ प्रतिशत रोपाईँ सम्पन्न भएको हो ।

कृषि मन्त्रालयका अनुसार कोशी प्रदेशमा ५४. ९ प्रतिशत, मधेश प्रदेशमा ५७ दशमलव ९ प्रतिशत, बागमती प्रदेशमा ५७.१ प्रतिशत, गण्डकी प्रदेशमा ६५.९ प्रतिशत रोपाईँ सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा ५९.६ प्रतिशत र कर्णाली प्रदेशमा ६०.२ प्रतिशत रोपाईँ भएको हो ।

धेरै स्थानमा पानीको अभावमा रोपाईँ हुन नसकिरहेको किसानहरुले गुनासो गरिरहेका छन् ।

मन्त्रालयले आगामी साउन ४ गतेसम्म करिब १० प्रतिशत रोपाईँ थप हुने प्रक्षेपण गरेको छ । जसअनुसार देशभर सो समयमा ७२ दशमलव १४ प्रतिशत रोपाईँ सम्पन्न हुने बताइएको छ ।

मन्त्रालयका अनुसार देशभर १३ लाख ६६ हजार ५ सय ६२ हेक्टर क्षेत्रफलमा रोपाईँ हुने गरेकोमा ८ लाख ४२ हजार ६८ हेक्टर जमिनमा रोपाईँ भएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?