स्याङ्जामा गोठ भत्किँदा एकको मृत्यु, चौपाया पनि पुरिए

लोकपथ
0
Shares

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलामा गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान भैँसी तथा बङ्गुरलाई कुडोपानी दिने क्रममा अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको घटनास्थलमै मृत्यु भएको वडा नं। ६ का अध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए ।

घटनामा गोठभित्र रहेका केही चौपाया पनि पुरिएर मरेका छन् । लगातारको वर्षाका कारण पुरानो गोठ कमजोर भई भत्किएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको वडा अध्यक्ष गुरुङले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?