काठमाडौं । यातायात व्यवस्था विभागको सर्भरमा समस्या देखिएपछि विभागले प्रदान गर्दै आएका केही सेवा अस्थायी रूपमा बन्द भएका छन् ।
विभागले सोमबार सूचना जारी गर्दै लाइसेन्स वितरण, सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा, दुई पाङ्ग्रे सवारीसाधनको ब्लुबुक नवीकरणलगायतका सेवा अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जनाएको छ ।
विभागका प्रवक्ता गणेशमान सिंह राईका अनुसार आर्थिक वर्षको अन्त्य भएकाले केही प्रणाली (सिस्टम) अद्यावधिक गर्नुपर्ने र सर्भरमा प्राविधिक समस्या देखिएकाले सेवा अस्थायी रूपमा रोक्नुपरेको हो ।
विभागले समस्या समाधान भएपछि अर्को सूचना जारी गरेर सेवा पुनः सञ्चालन गरिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया