गणेश नेपाली आत्मदाह : संलग्न महानगर प्रहरीलाई निलम्बन गरिने

लोकपथ
84
Shares

काठमाडौं । गणेश नेपाली आत्मदाह प्रकरणमा जोडिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई निलम्बन गरिने भएको छ ।

सरकार र मृतक गणेश नेपालीका परिवारबिच भएको ९ बुँदे सहमतिमा सो कुरा उल्लेख गरिएको छ ।

बिहीबार त्रिपुरेश्वरमा गणेशको मोटरसाइकलमा ह्वील लक गरिएपछि उनले आत्मदाह प्रयास गरेका थिए । महानगर प्रहरीले आफू मोटरसाइकलमा बसिरहेको समयमा ह्वील लक गरेको भन्दै उनले आत्मदाह प्रयास गरे । शुक्रबार वीर अस्पतालमा उनको निधन भएको थियो ।

‘घटना घटेको दिन उक्त घटनास्थलमा फिल्डमा अग्रभागमा खटिएका महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई पछि छानबिन आयोगको प्रतिवेदन र सिफारिस बमोजिम जाने गरी हाललाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट लेखी पठाउने,’ सहमतिमा भनिएको छ ।

यसैगरी ९ बुँदे सहमतिमा घटनाबारे सत्यतथ्य छानबिन गर्न समिति गठन गर्ने, मृतककी श्रीमतीलाई रोजगारीदेखि छोरीलाई निशुल्क शिक्षाको व्यवस्था गर्नेसम्म उल्लेख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?