गणेश नेपालीको मृत्यु शताब्दीकै क्रुर मानव हत्या : प्रलोपा

लोकपथ
70
Shares

काठमाडौं । प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गणेश नेपालीको आत्मदाहपछि मृत्युबारे सरकारको आलोचना गरेको छ ।

मुगुका गणेश काठमाडौंमा संघर्ष गरिरहेको अवस्थामा आत्मदाह गर्न बाध्य हुनुमा राज्यको दोष रहेको आरोप प्रलोपाको रहेको छ ।

राज्यका अमानवीय व्यवहारका कारण गणेशले आत्मदाह गरेर मृत्युबरण गरेकोप्रति समवेदना दिँदै प्रलोपाले त्यसलाई शताब्दीकै क्रुर मानव हत्याको संज्ञा दिएको छ ।

‘शहरमा पठाओ चलाएर जीवनयापन गर्ने गणेश नेपालीमाथि राज्यका निकायहरुले गरेको अमानवीय व्यवहारका कारण उनले आत्मदाहको बाटो रोज्न बाध्य बनाएको यो घटना शताब्दीको क्रुर मानव हत्या हो । यस्तो हर्कत बन्द गर्न राज्यलाई हामी चेतावनी दिन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?