मान्छेलाई नियम मान्न भन्दा मर्न सजिलो हुन्छ भने बरु नियम परिवर्तन गरौँ : गणेश कार्की

लोकपथ
203
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले ट्राफिक नियमका बारेमा नागरिकलाई बुझाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि त्यसबारे प्रतिक्रिया जनाउँदै उनले सो कुरा बताएका हुन् ।

हिजो त्रिपुरेश्वरस्थित राहदानी विभागअघि महानगर प्रहरीले मोटरसाइकलमा ह्वील लक गरेपछि उनले आत्मदाह प्रयास गरेका थिए ।

‘नियम मान्दा मान्छेलाई गाह्रो हुन्छ भने, नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भने, या त नियम पुनरावलोकन गरिनु पर्छ, या त नियमका बारेमा मान्छेलाई बुझाउन अझ बढि मिहिनेत गर्नु पर्छ,’ सांसद कार्कीले भनेका छन् ।

यसैगरी कार्कीले आफ्ना दलका नेता, सांसद, सरकारका समर्थकहरुलाई यस्तो संवेदनशील विषयमा सरकारलाई जोगाउने तर्क नगर्न आग्रह गरेका छन् ।

‘प्रीय रास्वपाका र सरकारका समर्थकहरू, सरकार र पार्टी जोगाउन मान्छेको ज्यान भन्दा भारी तर्क नगरौँ ल,’ सांसद कार्कीले भनेका छन्, ‘र, समय पाउनु भयो भने दिनमा १८ जनाले आत्महत्या गर्ने देश हो हाम्रो भन्ने बुझ्नु होला । आत्महत्याको कारण या त मानसिक समस्या हुन्छ, या त आवेग हुन्छ । दुवै कम गर्न सकिन्छ । त्योबारेमा कुरा गरौँ, जानकारी बाँडौँ ल ।’

कार्कीले सामाजिक सञ्जालमा भनेका छन् :

नियम मान्छेका लागि हो । एउटा मान्छेले नियम मान्दा अरूको अधिकार कटौती हुने भएकाले त्यसलाई कसुर मानेर सजाय तोकिएको हो ।
नियम मान्दा मान्छेलाई गाह्रो हुन्छ भने, नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भने, या त नियम पुनरावलोकन गरिनु पर्छ, या त नियमका बारेमा मान्छेलाई बुझाउन अझ बढि मिहिनेत गर्नु पर्छ । मान्छे र नियम मध्ये कुन रोज्ने भनेर कसैले प्रश्न गर्छ भने त्यो मुर्खता हो । र पनि जवाफ दिनु पर्छ भने म मान्छे रोज्छु । तपाई के रोज्नु हुन्छ ? प्रीय रास्वपाका र सरकारका समर्थकहरू, सरकार र पार्टी जोगाउन मान्छेको ज्यान भन्दा भारी तर्क नगरौँ ल । र, समय पाउनु भयो भने दिनमा १८ जनाले आत्महत्या गर्ने देश हो हाम्रो भन्ने बुझ्नु होला । आत्महत्याको कारण या त मानसिक समस्या हुन्छ, या त आवेग हुन्छ । दुवै कम गर्न सकिन्छ । त्योबारेमा कुरा गरौँ, जानकारी बाँडौँ ल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?