काठमाडौं । उदयपुरको बेलका नगरपालिका–९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ ।
नेपाल विद्युत् प्राधिकरण गाईघाट वितरण केन्द्रका अनुसार करार सेवामा कार्यरत ४० वर्षीय कर्मचारी मिलन चामलिङको बुधबार विद्युत्को पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
कार्यालयका अनुसार चामलिङ पोलमा मर्मत कार्य गरिरहेका बेला अचानक करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय उदयपुरले अनुसन्धान सुरु गरेको छ । विद्युत्को पोल मर्मत गर्ने क्रममा करेन्ट प्रवाह भएको वा नभएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया