सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो

लोकपथ
203
Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन संघीय संसद सचिवालयलाई निर्देशन दिएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्न सुरु गर्दै सांसद राईले‘सभामुखज्यूले कान सुन्नुहुन्छ कि हुन्न’ भन्ने अभिव्यक्ति प्रयोग गरेका थिए । त्यसलगत्तै सभामुख अर्यालले उनलाई बोल्नबाट रोक लगाउँदै बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

बैठक पुनः सुरु भएपछि सभामुख अर्यालले सांसद राईले उक्त क्रममा प्रयोग गरेका सम्पूर्ण शब्द संसदीय अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

सभामुख अर्यालले भने, ‘माननीय सदस्य राजेन्द्रकुमार राईले आज यसअघि बोल्ने क्रममा प्रयोग गर्नुभएको सम्पूर्ण शब्दहरू संसदीय अभिलेखबाट हटाउन म सचिवालयलाई निर्देश गर्दछु।’

यसअघि बोल्दै सांसद राईले आफूले बोलेको कुरा पूरा सुन्न नपाउँदै सभामुख आवेशमा आएर आफ्नो माइक काटिएको भन्दै गुनासो गरेका थिए । उक्त अभिव्यक्तिपछि संसदमा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?