बाटोमा हिँडेकी युवतीलाई अश्लिल हर्कत गर्ने शिक्षा अधिकृतविरुद्ध ५ दिन म्याद थप

लोकपथ
210
Shares

काठमाडौं । ललितपुरमा सार्वजनिक स्थानमा एक युवतीसँग अश्लील व्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षा अधिकृत सुरेन्द्र भट्टलाई थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले सार्वजनिक स्थानमा अश्लील व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गर्न भट्टलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

रक्षा मन्त्रालयमा कार्यरत ५५ वर्षीय भट्टलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । उनीमाथि ललितपुरको इमाडोल क्षेत्रमा पैदल हिँडिरहेकी एक युवतीसँग अश्लील व्यवहार गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?