उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन

लोकपथ
14
Shares

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले मंगलवार औधोगिक क्षेत्रको स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा समितिले औधोगिक क्षेत्रभित्र रहेका विभिन्न उद्योगहरुको बारेमा जानकारी लिएको छ ।

औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेड महाप्रवन्धक पदम ओलीले समितिलाई औधोगिक क्षेत्रको कार्यप्रगति, समस्या लगायतका बारेमा जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?