त्रिविको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त

लोकपथ
91
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिको जिम्मेवारी प्रा.डा.भोला थापालाई दिइएको छ ।

विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले त्रिविको उपकुलपतिमा प्रा.डा.थापालाई नियुक्त गरेका हुन् ।

थापा यसअघि काठमाडौं विश्वविद्यालयको कुलपति रहेर काम गरिसकेका छन् । ।

उपकुलपति सिफारिस समितिले थापासहित ३ जनाको नाम सिफारिस गरेको थियो । प्रा. डा. नन्दबहादुर सिंह र प्रा. डा. दुर्गादत्त पौडेललाई समेत सिफारिस गरिएकोमा थापा नियुक्त भएका हुन् ।

बालेन नेतृत्वको सरकार आइसकेपछि पूराना सबै नियुक्तिहरु खारेज गरेको थियो । हालसम्म प्रा.डा. सुशिल बज्राचार्यले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?