विष्णु पौडेललाई थुनामुक्त गर्न अस्वीकार, बन्दीप्रत्येक्षीकरणको रिट खारेज

लोकपथ
147
Shares

काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरी अनुसन्धानको दायरामा रहेका पूर्वअर्थमन्त्री विष्णु पौडेल थुनामै रहने भएका छन् ।

एमालेका उपाध्यक्ष समेत रहेका पौडेललाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै परेको रिट सर्वोच्चले खारेज गरिदिएको हो ।

पौडेललाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनकी श्रीमती दोमाया पौडेलले थुनामुक्त गर्न माग गर्दैै बन्दीप्रत्येक्षीकरणको रिट दायर गरेकी थिइन् ।

बिहीबार उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र निन्यानन्द पाण्डेको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो ।

त्यसो त आज नै विशेष अदालतले पौडेलमाथि थप अनुसन्धान गर्नसम्पत्ति शुद्धिकरण विभागलाई अनुमति दिएको छ ।

गत असार ८ गते सुर्खेतमा रहेका पौडेललाई विभागको टोलीले पक्राउ गरी काठमाडौं ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?