काठमाडौं । सरकारको संरक्षणमा रहेको पत्रिका गोरखापत्रको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले रावललाई गोरखापत्रको महाप्रबन्धकको जिम्मेवारी दिएको हो ।
बैठकपछि बोल्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सो विषयमा जानकारी दिए ।
‘गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा श्री हिक्मत बहादुर रावल (कैलाली) लाई नियुक्ति गर्ने,’ उनले भने ।
यसैगरी आजको बैठकले सुरक्षण मुद्रण कोषको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना (मोरङ) लाई नियुक्त गरिएको छ ।
आजको बैठकले नेपाल प्रहरीका ८ एआईजीको सरुवा गर्ने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया