काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले ८ एआईजीको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । यद्यपि कसलाई कहाँ सरुवा गरिएको छ भन्ने खुलाइएको छैन ।
‘नेपाल प्रहरीमा कार्यरत आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुलाई सरुवा गर्ने,’ प्रवक्ता पोखरेलले भने ।
त्यस्तै आजैको मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थाको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गर्ने लगायतका निर्णयहरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया