हेल्मेट नलगाइ बुलेट चलाउँदा मुख्यमन्त्री शाह कारबाहीमा, ट्राफिक प्रहरीले काट्यो चिट

लोकपथ
231
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह हेलमेट नलगाई मोटरसाइकल चलाएको आरोपमा ट्राफिक कारबाहीमा परेका छन् ।

मुख्यमन्त्री शाहले आफ्नै निवास परिसरमा हेल्मेट नलगाई बुलेट बाइक चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले मुख्यमन्त्री निवासमै पुगेर नियम उल्लङ्घन गरेको भन्दै चिट काटेको हो ।

ट्राफिक प्रहरीले शाहलाई दिएको चलानमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख गरिएको छ । सो कसुरमा उनलाई ५०० रुपैयाँ जरिवाना गरिएको छ ।

कारबाहीपछि पत्रकारसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहले आफूले ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गरेका छन् ।

साथै ट्राफिक प्रहरीले सुरक्षाको दृष्ट्रिकोणले कारबाही गरेकोप्रति धन्यवाद समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?