काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिइएको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशको समग्र अवस्था बिग्रँदै गएको र त्यसको प्रत्यक्ष असर खेलकुदलगायत सबै क्षेत्रमा परेको बताएका हुन् ।
देशको विकास नभएसम्म कुनै पनि क्षेत्रले अपेक्षित प्रगति गर्न नसक्ने उनको भनाइ थियो ।
ओलीले आफ्नो नेतृत्वको सरकारले भूकम्प, कोभिड–१९ महामारी र आर्थिक चुनौतीबीच शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रलाई अघि बढाउने प्रयास गरेको दाबी गरे। तर संवैधानिक प्रक्रियाबाट सरकार परिवर्तन गर्न नसकेपछि हिंसा, तोडफोड, आगजनी र लुटपाटका माध्यमबाट सरकार ढाल्ने प्रयास भएको तथा त्यस्ता गतिविधिलाई वैधानिकता दिइएको उनको आरोप थियो ।
उनले वर्तमान सरकारले देशलाई गलत दिशातर्फ अघि बढाएको आरोप लगाउँदै एमालेले फेरि शान्तिपूर्ण, भयमुक्त र सबै नागरिकले न्याय पाउने नेपाल निर्माणका लागि काम गर्ने दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया