काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ५ सय रुपैयाँको गिरावट आएको हो ।
अघिल्लो दिन २ लाख ८२ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो ।
सोमबार ४ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया