काठमाडौं । राहदानी (पासपोर्ट) सम्बन्धी भ्रष्टाचार मुद्दामा मुद्दा चलाइएका पाँच जनालाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीशहरूको इजलासले सोमबार यस्तो निर्णय गरेको हो ।
अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । त्यस्तै निर्देशक सुनिलकुमार केसीलाई ४ लाख रुपैयाँ धरौटी तोकिएको छ ।
विभागका कर्मचारीहरू सोमेश थापा र विपीन प्रसाईंलाई जनही ३–३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । साथै ठेकेदारका नेपाल एजेन्ट मणिन्द्रराज मल्ललाई पनि ५ लाख रुपैयाँ धरौटी तोकिएको छ ।
त्यस्तै दुई कर्मचारी तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई भने धरौटी नलिई साधारण तारेखमा छाड्ने आदेश दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया