नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा सुजन लोप्चन र राजु कटुवाल मनोनित

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापतिले पार्टीको केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चनलाई सदस्य र अधिवक्ता राजु कटुवाललाई सदस्य सचिवमा मनोनित गरेका छन् ।

पार्टीको विधानको धारा ३५ अनुसार गठन गरिएको केन्द्रीय निर्वाचन समितिमा उनीहरूलाई मनोनयन गरिएको हो ।

नवनियुक्त सदस्य सुजन लोप्चन वरिष्ठ अधिवक्ताका रूपमा परिचित छन् भने राजु कटुवाल अधिवक्ता हुन् । उनीहरूले पार्टीको आन्तरिक निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्न निर्वाचन समितिमा जिम्मेवारी निर्वाह गर्नेछन् ।

पार्टीले निर्वाचन समितिलाई संगठनभित्र हुने निर्वाचनको व्यवस्थापन, सञ्चालन तथा आवश्यक समन्वय गर्ने जिम्मेवारी प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?