ओली–प्रचण्ड–विद्यालाई साक्षी राखेर झलनाथले भने– ‘अब वामपन्थी एकता नगरी सुख छैन’

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले वामपन्थी एकताका लागि ढिला गर्न नहुनेमा जोड दिएका छन् ।

आइतबार मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले सो कुरामा जोड दिएका हुन् ।

उनले अहिलेको समयमा विदेशी शक्तिहरु षडयन्त्रमा लागेको आरोप लगाउँदै वामपन्थी एकता हुनु अपरिहार्य रहेको दाबी गरे ।

लामो समयपछि एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसहितका नेताहरुलाई एकै मञ्चमा राखेर सो कुरा बताएका हुन् ।

उनले यसअघि भएका वामपन्थी एकता नेताहरुकै कारण टिक्न नसकेको बताउँदै अब समय आएको बताए ।

‘वामपन्थी एकता सधैँ आवश्यक्ता थियो तर हामीमा कहिले सिङ पलायो, कहिले पुच्छर पलायो, कहिले के पलायो,’ उनले भने, ‘अब यही दिनबाट वामपन्थी एकतालाई अघि सार्ने अभियान थालौँ । आजको आवश्यक्ता वामपन्थी एकता । अहिले समयले पनि हेप्न थाल्यो त्यसकारण वामपन्थी एकता गरेर अघि बढ्नु नै श्रेयकर हुन्छ भन्ने म ठान्दछु ।’

त्यस्तै सो समारोहमा झलनाथले लामो समयपछि ओली प्रचण्ड माधव एकै मञ्चमा आइपुगेको भन्दै त्यसलाई वामपन्थी एकताको प्रस्थान विन्दु बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?