काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले आइइएलटिएस पार्टनर समिट सम्पन्न गरेको छ ।
नेपाली विद्यार्थी र पेशाकर्मी (व्यवसायिक व्यक्ति) लाई आइइएलटिएसको माध्यमबाट अन्तर्राष्ट्रिय शिक्षा, रोजगारी तथा आप्रवासनका अवसरको पहुँच दिलाउन यसका साझेदार संस्थाले पुर्याएको योगदानलाई सम्मान र कदर गर्न आयोजित समिटमा नेपालका विभिन्न क्षेत्रका साझेदार संस्था सहभागी भएका थिए ।
समिटमा ब्रिटिस काउन्सिल र यसका साझेदार संस्थाबीचको सुदृढ सहकार्यबारे विस्तृत रुपमा चर्चा गर्दै नेपालमा अन्तर्राष्ट्रिय योग्यता र शैक्षिक अवसरमा पहुँच विस्तार गर्ने आफूहरुको साझा प्रतिवद्धतालाई पुनः स्मरण गरिएको थियो ।
सो अवसरमा अप्रिल २०२५ देखि मार्च २०२६ सम्म अवधिमा आइइएलटिएस दर्तामा उदाहरणीय कार्य गरेको साझेदारलाई सम्मान समेत गरिएको थियो ।
ब्रिटिस काउन्सिल नेपालको परीक्षासम्बन्धी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले भनेकी छन्– ‘हाम्रा साझेदारहरुले हजारौँ युवालाई अन्तर्राष्ट्रिय शिक्षा, करियर र विश्वव्यापी अवसरसँग जोडेर उनीहरूको भविष्य निर्माणमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। साझेदारहरुको प्रतिवद्धता र मार्गदर्शनले विद्यार्थीलाई आफ्ना लक्ष्यहरू हासिल गर्न आत्मविश्वाससहित अघि बढ्न सहयोग गरेको छ । त्यसैले हामी उनीहरूको अमूल्य योगदानको सम्मान गर्दै IELTS on Computer सेवा सुरु गर्न पाउँदा उत्साहित छौं । योसँगै IELTS on Computer/ Paper–based IELTS दुवै विकल्प उपलब्ध हुनेछ । यो सेवाले परीक्षार्थीलाई आइइएलटिएसका लागि थप सहजता र तत्काल नतिजा प्रकाशनका साथैविद्यार्थी र बजारको आवश्यकता अनुसार परीक्षा सञ्चालन गर्ने अवसर प्रदान गर्नेछ । तसर्थ, हामी आपसमा मिलेर नयाँ पुस्तालाई जीवनोपयोगी अवसरकोपहुँच दिलाउन प्रतिबद्ध छौं ।’
यसैगरी ब्रिटिस काउन्सिल नेपालका बिजनेस डेभलपमेन्ट प्रमुख सुदर्शन सुवेदीले साझेदारहरूले नेपाली विद्यार्थी र पेशाकर्मीलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्नुका साथै विश्वव्यापी मञ्चमा सहभागी हुने नेपालको आकांक्षालाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।
‘हाम्रा साझेदारहरूले नेपाली विद्यार्थी र पेशाकर्मीलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्नुका साथै विश्वव्यापी मञ्चमा सहभागी हुने नेपालको आकांक्षालाई सहयोग गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।IELTS on Computer को सेवा शुरुवात्सँगै हामी अन्तर्राष्ट्रिय अंग्रेजी भाषा मूल्याब्कनलाई थप सहज, पहुँचयोग्य र भविष्यका लागि अझ प्रभावकारी बनाउँदैछौँ । आइइएलटिसबाहेक हामी रोजगारदाता र अन्य संस्थाहरूका लागि अंग्रेजी भाषाको शिक्षण, सिकाइ र मूल्यांकन सेवा उपलब्ध गराउने तयारीमा छौं, जसबाट दक्ष जनशक्ति, रोजगारीका लागि चाहिने योग्यता तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आवश्यक दक्षतालाई सुदृढ बनाउन सहयोग पुग्नेछ । हाम्रा साझेदारसँग मिलेर नेपालको प्रतिभालाई विश्व मञ्चमा सफल हुन चाहिनेसीप र ज्ञान प्रदान गर्ने कार्यलाई निरन्तरता दिनेछौँ,’ सुवेदीले भने ।
संयुक्त अधिराज्य ९युके० को सांस्कृतिक र शैक्षिक गतिविधिका लागि क्रियाशील अन्तर्राष्ट्रिय संस्था ब्रिटिस काउन्सिलले कला, संस्कृति, शिक्षा र अंग्रेजी भाषाका कार्यक्रमहरूमार्फत विश्वका २०० भन्दा बढी मुलुकहरूमा आपसी विश्वास र समृद्धिका लागि काम गर्दै आइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया