काठमाडौं । नेपाली कांग्रेस मोरङका नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार बिहान गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कबित कटवालले लोकपथलाई जानकारी दिए ।
कारागारमा रहेका व्यक्तिहरुसँग रकम असुली गरेको लगायत अन्य कारणका आधारमा उनलाई पक्राउ गरिएको बुझिएको छ ।
कारागारसँग सम्बन्धित विषय र अन्य विभिन्न कारणका आधारमा गिरीलाई पक्राउ गरिएको कटवालले लोकपथलाई जानकारी दिए ।
‘उहाँलाई आज बिहान हामीले उहाँकै निवासबाट पक्राउ गरेका हौँ । पक्राउ गर्नुको कारण कारागारसँग सम्बन्धित र अन्य विषयहरु रहेका छन्,’ उनले भने ।
त्यसो त प्रहरीले पक्राउ अघि गिरीको घर खानतलासी गरेको थियो । त्यहाँबाट केही वस्तुहरु समेत नियन्त्रणमा लिएको कटुवालले बताए ।
‘उहाँको घरबाट समेत केही वस्तुहरु बरामद गरिएको छ । हामी थप अनुसन्धान गरिरहेका छौँ,’ उनले भने ।
गिरीमाथि मोरङ कारागारमा रहेका कैदीबन्दीहरुसँग रकम असुली गर्ने गरेको आरोप रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया