रास्वपाका निर्वाचित पदाधिकारी : कसले कति मत प्राप्त गरे ? [सूचीसहित]

लोकपथ
4.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित पदाधिकारीहरुको मत परिणाम सार्वजनिक भएको छ ।

प्राप्त परिणाम अनुसार महामन्त्रीमा १, उपसभापतिमा १ र सहमहामन्त्रीमा ३ जना निर्वाचित भएका छन् ।

महामन्त्रीमा अन्य प्रतिष्पर्धीलाई पछि पार्दै विपिनकुमार आचार्य निर्वाचित भएका छन् । आचार्यले ६७३ मत प्राप्त गर्दै निर्वाचित हुँदा निकटतम प्रतिद्धन्द्धी मनिष झाले ३४६ मत प्राप्त गरे ।

यसैगरी अन्य उम्मेदवारहरु गणेश कार्कीले १६९ मत सागर ढकालले १३९ मत ल्याएका छन् । अन्तिममा उम्मेदवारी फिर्ता गरेकी रञ्जु दर्शनाले समेत ३४ मत प्राप्त गरेकी छन् ।

यसैगरी उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । डा. तोसिमा कार्कीलाई पराजित गर्दै विजयी हुँदा कानुनमन्त्री समेत रहेकी सोविताले ७८९ मत प्राप्त गरिन् । यस्तै पराजित भएकी तोसिमाले ५७२ मत प्राप्त गरिन् ।

यस्तै सहमहामन्त्रीमा ३ जना निर्वाचित भएका छन् । जसमा हरि ढकाल, अशिम साह र निशा डाँगी रहेका छन् । प्राप्त परिणाम अनुसार असिम साह ४७१, हरि ढकाल ४१० र निशा डाँगीले ७३७ मत प्राप्त गरिन् ।

कसले कति मत ल्याए ?

उपसभापति
सोविता गौतम ७८९
डा. तोसिमा कार्की ५७२

महामन्त्री
विपिनकुमार आचार्य ६७३
मनिष झा ३४६
गणेश कार्की १६९
सागर ढकाल १३९
रञ्जु दर्शना ३४

सहमहामन्त्री (खुला)
असिम साह ४७१
हरि ढकाल ४१०
पुकार बम ३३४
रमेश प्रसाईं ३०७
यज्ञमणि न्यौपाने ३००
सुलभ खरेल २९१
अशोककुमार चौधरी १७९
मिलन लिम्बु १५१
राजिव खत्री १४८
विजय जैरु ११४
हिमेश पन्त ५३

सहमहामन्त्री (महिला)
निशा डाँगी ७३७
रीमा विश्वकर्मा २८२
कामिनीकुमारी चौधरी १४६
विदुषी राणा ८२
जुली यादव ७८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?