काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन् ।
शुक्रबार अपरान्ह आएको रास्वपा पदाधिकारीहरुको मतपरिणाम अनुसार आचार्य निर्वाचित भएका हुन् ।
आचार्यले अन्य उम्मेदवारहरु मनिष झा, गणेश कार्की र सागर ढकाललाई पराजित गरेका हुन् ।
महामन्त्रीका अन्य झण्डै आधा दर्जन उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर आचार्यलाई सघाएका थिए ।
सभापति रवि लामिछानेको समेत आचार्यलाई नै समर्थन रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया