रास्वपाको पदाधिकारी र सदस्यको शपथग्रहण आजै

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण आजै गर्ने तयारी गरिएको छ ।

अहिले रास्वपाको पदाधिकारी चयनका लागि मतदान भइरहेको छ । यसअघि बिहीबार राति केन्द्रीय सदस्यहरुको मत परिणाम सार्वजनिक भएको थियो ।

रास्वपाको केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार साँझ साढे ६ बजे पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथग्रहण हुनेछ ।

‘सबै निर्वाचित पधादिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आजै साँझ ६ः३० बजे हुने कुरा सबैमा जानकारीको लागी अनुरोध छ । स्थानः महाधिवेशन कार्यक्रम स्थलको हल,’ सूचनामा भनिएको छ ।

हाल ५ पदाधिकारी का लागि मतदान भइरहेको हो ।

असार ७ गतेबाट ९ गतेसम्मका लागि तोकिएको महाधिवेशन आजसम्म जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?