काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ७८ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेको हो ।
हिजो बिहीबार ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५५ रुपैयाँले घटेर ४ हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया