रास्वपा महाधिवेशन : पदाधिकारीका लागि आज मतदान हुने

लोकपथ
70
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज शुक्रबार पार्टीका बाँकी पदाधिकारी चयनका लागि मतदान गर्ने भएको छ ।

पार्टी निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ । पहिलो चरणको निर्वाचनको परिणाम सार्वजनिक भएपछि बाँकी पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान हुन लागेको हो ।

यस चरणमा ६ वटा पदका लागि मात्रै निर्वाचन हुनेछ । जसअनुसार एक जना खुला उपसभापति, एक जना महिला उपसभापति, एक जना खुला महामन्त्री, दुई जना खुला सहमहामन्त्री र एक जना महिला सहमहामन्त्री पदका लागि मतदान हुनेछ ।

पार्टीको विधानअनुसार रास्वपामा १९ जना पदाधिकारी रहने व्यवस्था छ । सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध चयन भइसकेका छन् ।

यस्तै, वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई मनोनीत गरिने तयारी भएको बताइएको छ ।

रास्वपाको विधानअनुसार उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष र सहकोषाध्यक्षलगायत पदहरू समावेशी तथा निर्वाचन र मनोनयन प्रक्रियाबाट चयन गरिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?