रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल

लोकपथ
147
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा गरेको दाबेदारीबाट औपचारिक रूपमा फिर्ता लिएका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेतृत्वको सहमति र पार्टी एकताको चाहनालाई सम्मान गर्दै निर्वाचन प्रक्रियाबाट पछि हट्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

खनालले आफ्नो पोस्टमा लेखेका छन्, ‘पार्टी एकता, संस्थागत सुदृढीकरण तथा नेतृत्वको सहमतिको चाहनालाई सम्मान गर्दै पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिको संस्थागत विकास र पार्टीलाई थप सशक्त बनाउन मैले दाबी गरेको पार्टीको महामन्त्री पदको निर्वाचनबाट पछि हट्ने निर्णय गरेको छु ।’

उनका अनुसार यो निर्णयले अन्य आकांक्षीहरूलाई पनि सहमतिको बाटोमा अघि बढ्न सहज हुने अपेक्षा गरिएको छ ।

रास्वपाभित्र नेतृत्व चयनलाई लिएर भइरहेको छलफल र सहमतिको प्रयासबीच खनालको यो कदमलाई महत्वपूर्ण राजनीतिक संकेतका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?