चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनका लागि डा। स्वर्णिम वाग्लेले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
वाग्लेको उम्मेदवारीमा रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठ प्रस्तावक बनेका छन् । यसअघि श्रेष्ठ स्वयं पनि उपसभापति पदका आकांक्षी मानिएका थिए ।
महाधिवेशनमा सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा डा. वाग्ले लोकप्रिय मतसहित विजयी भएका थिए । अहिले उनी उपसभापति पदको प्रतिस्पर्धामा उत्रिएसँगै रास्वपाको नेतृत्व चयन थप रोचक बनेको छ ।
महाधिवेशनअन्तर्गत पदाधिकारी चयन प्रक्रिया जारी रहेको र अन्य पदका उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया