लम्बियो रास्वपाको महाधिवेशन, फेरि अर्को तालिका

लोकपथ
728
Shares

काठमाडौं । असार ७ गते आइतबारबाट सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन शुक्रबारसम्म लम्बिएको छ ।

प्रतिनिधि छनोटमा विवाद, आन्तरिक तयारीमा कमी लगायतका कारणले महाधिवेशन थप लम्बिएको हो । अहिलेसम्म ९९ जना केन्द्रीय सदस्य चयनका लागि मात्रै मतदान सकिएको छ । तर अझै पदाधिकारीको मतदान बाँकी रहेको छ ।

त्यसअघि केन्द्रीय सदस्यहरुको मत परिणाम सार्वजनिक गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म केन्द्रीय सदस्यहरुको मतगणना सुरु भएको छैन । तर रास्वपाको निर्वाचन समितिले भने पहिलो चरणको मतगणना १ बजेबाट ३ बजेसम्म सम्पन्न भइसकेको दाबी गरेको छ ।

यता प्रवासमा बस्ने प्रतिनिधिहरुको भोटिङ साढे ३ बजेबाट साढे ४ बजेसम्म सम्पन्न भएको दाबी गरिएको छ ।

दोस्रो चरणको मतदानको तयारी आजै साँझ ५ बजेबाट सुरु गरिने भनिएको थियो । तर मतदानमा विलम्ब देखिने भएको छ ।

त्यस्तै पार्टीको पदाधिकारीका लागि फारम वितरण र दर्ताको समय साढे ६ बजेबाट ७ बजेसम्मका लागि समय छुट्टाइएको छ ।

साढे ७ बजे पार्टी पदाधिकारी उम्मेदवारहरुको नामावली सार्वजनिक गरिनेछ । अन्य प्रक्रिया पूरा गरी पार्टी पदाधिकारी चयनका लागि ८ः४५ देखि ९ः१५ सम्मको समय तोकिएको छ ।

त्यस्तै पदाधिकारीको मत गणना आजै राति सवा १२ बजेबाट गर्ने तयारी गरिएको छ । भने आजै राति साढे १ बजे पार्टी पदाधिकारीको मत परिणामको घोषणा गरिनेछ ।

तर अझैसम्म पहिलो चरणको मतगणना नै नभएका कारण तोकिएको समयमा मतदान हुनेमा शंका पैदा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?