काठमाडौं । असार ७ गतेबाट सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अझै टुंगिएको छैन ।
असार ७, ८ र ९ गतेका लागि भन्दै चितवन पुगेका प्रतिनिधिहरु फर्किन थालेका छन् ।
चर्को गर्मी, महाधिवेशनमा भएको बिलम्ब, खेतीपातीको मौसम र अन्य कारण एक तिहाइ महाधिवेशन प्रतिनिधि भोट नै नहाली आफ्नो जिल्ला फर्किन थालेका हुन् ।
हालसम्म ९९ जना केन्द्रीय सदस्यका लागि मतदान भएको छ । ती मध्येबाटै पदाधिकारी चयन गरिने समेत तयारी गरिएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि नै चितवन लगायतका जिल्लाका उद्योगी व्यवसायीहरुसँग चन्दा मागेको भन्दै आलोचना खेपेको रास्वपाले वेबसाइटबाटै सहयोगको याचना समेत गरेको थियो ।
रास्वपाको आधिकारिकत वेबसाइटमा प्रविष्ट गर्नासाथ त्यहाँ त्यहाँ सहयोग गर्नुहोस् भन्ने अप्सन राखिएको छ ।
जहाँ भनिएको छ, ‘पार्टी सदस्य तथा शुभचिन्तकहरुलाई पार्टीको ऐतिहासिक प्रथम महाधिवेशनका लागि सहयोग गर्न हार्दिक आह्वान गर्दछौँ ।’
त्यसमा प्रविष्ट गर्ने बित्तिकै फोन पे, ईसेवा, कनेक्ट आईपीएस, खल्ती लगायत माध्यमबाट सहयोग गर्न सकिने उल्लेख गरिएको छ ।
उक्त रकम नेपाल बैंक लिमिटेडमा खोलिएको नेपाल बैंक लिमिटेडमा जानेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया