रास्वपा महाधिवेशनमा मतदान जारी, कति मत खस्यो अहिलेसम्म ?

लोकपथ
105
Shares

काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदान जारी छ । मतदान मध्यरातिदेखि सुरु भएको हो र आज दिउँसो १२ बजेसम्म चल्नेछ ।

मतदान उद्योग संघको हलमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरेर भइरहेको छ । निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार बिहान ८ बजेसम्म करिब २,१०० महाधिवेशन प्रतिनिधिले मतदान गरिसकेका छन् । कुल ३,८०० देखि ३,९०० प्रतिनिधिले मतदान गर्ने अनुमान छ ।

विदेशमा रहेका प्रतिनिधिहरूले भने मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरिएको छ ।

सभापति पदमा रवि लामिछाने पहिले नै निर्विरोध निर्वाचित भइसकेका छन् । अब केन्द्रीय सदस्य चयन भएपछि मात्र पदाधिकारी निर्वाचन प्रक्रिया अघि बढाइनेछ ।

रास्वपाको विधानअनुसार १९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समिति रहनेछ। त्यसमध्ये ९९ जना निर्वाचनबाट छानिनेछन् भने ५१ जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ ।

पहिलो महाधिवेशन भरतपुरमा असार ७ गते सुरु भएको थियो। तर प्रतिनिधि व्यवस्थापनमा समस्या आएपछि प्रक्रिया ढिलो हुँदै आएको छ, जसले गर्दा महाधिवेशन पनि लम्बिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?